डा.गणेश कुमार शर्मा। हाडजोर्नी तथा नशा उपचारको लागि सप्तरीमा पहिलो पल्ट खुलेको धनराजकला अर्थो–न्यूरो हेल्थ होम प्रा.ली. ले सरस्वती पूजाको उपलक्ष्यमा आयोजना गरिएको शिविर राजविराजमा जारी रहेको छ ।

माघ २२ गते सम्म चल्ने शिविरमा धनराजकला पैन प्यारालाइसिस एण्ड ट्रमा सेन्टर प्रा.ली. गाइघाट र नेपाल वडही समाज सप्तरी जिल्ला शाखा कार्यालयकोे संयूक्त आयोजनामा भएको हो ।

हाडजोर्नी तथा नशा शिविरमा भारत, काठमाण्डौं तथा दमौली वाट विशेष अनुभव प्राप्त वरिष्ठ भौतिक चिकिन्त्सक डा.गणेश कुमार शर्माले विना अपरेशन भौतिक चिकित्सा, अल्ट्रासाउण्डथेरापी, अकुपञ्चर र्विघ वाट १५१ जना हाडजोर्नी तथा वाथरोगी र ३० जना नशा च्यापिएको तथा प्यारालाइसिस विरामी गरी कुल १८१ जनाको उपचार गरिएको शनिवार सम्ममा आयोजक रेणु कुमारी ठाकुरले जानकारी दिइन् ।

शिविरमा जिल्लाको राजविराज नगरपालिकाको खैरसाल, झल्ही फर्सैठ, पकरी, वोरीया त्यस्तै डाक्नेश्वरी नगरपालिकाको सखुवा पत्थरगाडा, महुकी, पातो, शम्भुनाथ नगरपालिका सँगै जोडिएको खड्क न.पा., सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँ पालिका, कन्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका सँगै जोडिएका भारत वाट विरामीहरु साथै छिमेकी जिल्ला सिरहा, उदयपुर र सुनसरी वाट समेत सेवाग्राही विरामीले सेवा पाएको सहायक ल्याव टेक्निसियन सन्तोष यादव ले जानकारी दिए ।

शिविरमा मेरुदण्ड, ढाड, कम्मर, गर्दन दुख्ने, डिस्क प्रोल्याप्स, नशा च्यापिएको, प्यारालाइसिस, मुख वाङिगएको, वाथरोग यूरिक एसिड वढेको, अथैराइसिटस तथा जोर्नी दुखाई आदि रोगको विरामीहरुले सेवा पाएका डा.गणेश शर्माले वताए । नशा तथा हाडजोर्नी र मांशपेशी दुखाई वजन घटाउने, न्याँ तथा पुरानो सवै प्रकारको रोगहरुको उपचार भएको छ । विना अपरेशन उपचार हेने रोगहरु विरामी को सिकायत तथा लक्षण वाट उपचार गरिएको छ । राजिव गाँधी यूनिभर्सिटी भारतको कर्नाटक वाट उत्तीर्ण फिजियोथेरापिष्ट तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालक डा.शर्मा ले वताए । शिविरमा गरिव विपन्न परिवार विद्यार्थाी सञ्चारकर्मी लाई निःशुल्क उपचार भएको छ । आयोजिक सो शिविरमा ओम प्रकाश, सन्तोष झा, धर्मेन्द्र र रेणु कुमारी तथा सन्तोष यादव स्वयंसेवकको रुपमा साथ दिइरहनु भएको छ ।