Today
Monday
10AM-5PM
Tuesday
10AM-5PM
Wednesday
10AM-5PM
Thursday
10AM-5PM
Friday
10AM-3PM
Saturday
Close
Sunday
10AM-5PM
Address & Contact
सुरुङ्गा नगरपालिका सप्तरी जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ |यो नगरपालिका नेपाल सरकारले २०७३ सालमा साबिक पश्चिम पिपरा, हर्दिया, दौलतपुर, मधुपट्टी, कुशहा, हरिपुर, मलहनमा, टिकुलिया, पटेर्वा सबै वडा र मलहनिया गाउँ विकास समितिका ५ र ६ वडा मिलाएर बनेको हो | यस नगरपालिका हाल ११ वटा वडाहरुमा वर्गीकरण गरिएको छ | कुल १०७.०४ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरको उत्तर तर्फ त्रियुगा नगरपालिका,पूर्वतर्फ खडक नगरपालिका,पश्चिम तर्फ लहान नगरपालिका र दक्षिण तर्फ बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिका रहेका छन् | यस न.पा. क्षेत्र भित्र अवस्थित ऐतिहासिक सुरुङ्गा पहाडको नाममा यो नगरपालिकाको नामाकरण भएको छ |यस नगरपालिका भित्र प्राकृतिक श्रोत साधन पर्याप्त रहेको छ | बहुभाषिक,बहुजातीय तथा भौगोलिक दृष्टिकोणले फरक यस नगरपालिकामा खासगरी थारु, तेली, यादव, मुसलमान, बनिया, कलवार, पासवान, चमार, मुशहर, मलाह, ब्राम्हण, क्षेत्री, मगर, राई, कोइरी, खत्वे आदि जातिको बसोबास रहेको पाइन्छा |
स्थापना : २०७३
जम्मा वडा : ११
जनसंख्या : ४४,२२१
क्षेत्रफल : १०७.०४५(वर्ग कि.मी.)
समावेश गाविसहरु : पिपरा पश्चिम(वा.न. १), हर्दिया(वा.न. २), दौलतपु(वा.न. ३), मधुपट्टी(वा.न. ४) , कुशहा(वा.न. ५ र ६), हरिपुर(वा.न. ७), मलहनमा(वा.न. ८), टिकुलिया(वा.न. ९), पटेर्वाको धेरैजसो भाग (वा.न. १०) , मलहनिया र पटेर्वाको केहि भाग (वा.न. ११)
माध्यमिक विद्यालयहरु :शिशुवारी मा.वि.,कुशहा मा.वि.,दौलतपुर मा.वि.,टिकुलिया मा.वि. र खैजनपुर मा.वि.
पर्यटकीय स्थलहरु : बिसनरिया दह,सेती देवी मन्दिर,मुश्हरनिया दह,सुरुङ्गा बाबा मन्दिर आदि
नगरपालिकाको कार्यालय : साबिकको मधुपट्टी गा.वि.स. को कार्यालय (कनकपुर चौक देखि ५० मि. पूर्व ढलान भएको रोडमा)