काठमाण्डौंबाट काँकडभीट्टा जादै गरेको यात्रुवाहक बस महुली खोलामा दुर्घटना

काठमाण्डौंबाट काँकडभीट्टा जादै गरेको यात्रुवाहक बस महुली खोलामा दुर्घटना

मिति २०७५/११/१९ गते अं. ०५:४० बजेको समयमा जिल्ला सप्तरी अग्निसाईर कृष्णसवरण गा.पा. ५ स्थित पुर्व पश्चिम राजमार्गको महुली खोलाको पुलमा काठमाण्डौं बाट काँकडभीट्टा तर्फ जादै गरेको ना ६ ख ३१८९ नं.को FIFA Diluxe बस आफै अनियन्त्रित भई पुलबाट ९ फिट तल झरी दुर्घटना भएको, उक्त बसमा चालक सहित २४ जना सवार रहेको यात्रुहरु घाईते भई उपचारको लागी बिभिन्न अस्पताल पठाईएको, प्रहरी घट्नास्थलमा पुगि अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।