पुन सप्तरीमा एक महिला बलातकृत

पुन सप्तरीमा एक महिला बलातकृत

मिति २०७५।११।११ गते राति २१:३० बजेको समयमा जिल्ला सप्तरी साविक रायपुर गा.बि.स. वडा नं. ८ हाल रुपनि गा.पा १ बस्ने अं. बर्ष ३० कि परीवर्तित नाम चाँदनी लाई ऐ.ऐ. बस्ने बर्ष ३८ को देवेन्द्र कुमार यादवले जवरजस्ति करणी गरी भाग्न खोज्दा पिडितले हो-हल्ला गरेको आवाज सुनि स्थानिय छिमेकिले प्रहरी लाई खवर गरी तत्काल घट्नास्थल तर्फ खटिगएको प्रहरी टोलिले पिडक जिल्ला सप्तरी रुपनी गा.पा. वडा नं. १ बस्ने बर्ष ३८ को देवेन्द्र कुमार यादव लाई घट्नास्थलबाटै नियन्त्रणमा लिई सम्मानित सप्तरी जिल्ला अदालत राजबिराज बाट कानुन बमोजिम म्याद थप लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।