नेपाल फोटो पत्रकार महासंघ सप्तरीको तदर्थ समिती गठन

नेपाल फोटो पत्रकार महासंघ सप्तरीको तदर्थ समिती गठन

राजविराज, १४, माघ । नेपाल फोटो पत्रकार महासंघ सप्तरीको सोमवार तदर्थ समिती गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीको भवन राजविराजमा सम्पन्न भेलाबाट सर्वसम्मतिले मनोजकुमार माझीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिती गठन गरिएको हो ।

समितीको सह–संयोजकमा नवीनकुमार गुप्ता र सचिवमा विद्यानन्द राम रहेका छन् । संयोजक माझी सगरमाथा टेलिभिजन, सह–संयोजक गुप्ता एबीसी टेलिभिजन र सचिव राम जनता टेलिभिजनमा कार्यरत छन् ।

यसैगरी, समितीको सदस्यहरुमा ललिता साह, चन्दन यादव, शुभनारायण यादव, र परिष कर्ण रहेका छन् । नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित भेलामा नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय महासचिव हरि रेग्मी, महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, पूर्व अध्यक्ष अनिलकुमार अनल, सचिव जितेन्द्रकुमार झा, कोषाध्यक्ष शुभचन्द्र झाको उपस्थिति थियो ।

यसैगरी, फोटो पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष विजय चौहान, वारा शाखा अध्यक्ष र उपाध्यक्ष क्रमस जितलाल श्रेष्ठ र दिवाकर भण्डारी, रौतहट शाखा अध्यक्ष प्रभात कुमार झा, फोटो पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष र उपाध्यक्ष क्रमस पंकज श्रेष्ठ, राम सर्राफको उपस्थितिमा भेला सम्पन्न भएको हो ।

श्रोतः पत्रकार महासंघ सप्तरी