हैप्पीलैण्ड सेकेण्ड्र स्कूलमा दुई दिने भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारम्भ

हैप्पीलैण्ड सेकेण्ड्र स्कूलमा दुई दिने भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारम्भ

राजविराज, १३ माघ । विद्यालय स्तरीय बाल भिते पत्रिका लेखन प्रतियोगिता एक कार्यक्रम बिच आईतवार देखि प्रारम्भ भएको छ ।

हैप्पीलैण्ड बाल क्लवको आयोजना तथा हैप्पीलैण्ड सेकेण्ड्री सकूल राजविराजको सहयोगमा सो बाल भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारमभ भएको हो ।

हैप्पीलैण्ड सेकेण्ड्र स्कूलका प्रधानाध्यापक विद्यानन्द झाको अध्यक्षता तथा स्कूलका संस्थापक पुण्य लक्ष्मी सिटौलाको प्रमुख आतिथ्यमा दुई दिने भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारम्भ भएको हो ।

बालबालिका विद्यार्थीहरुलाई पत्रपत्रिकाप्रति आकर्षण बढाउन र देश विदेशका समस्या र थाहा पाउन अभ्यासका लागि भित्ते पत्रिका लेखन गराउन लागिएको बालबालिका अभियन्ता छात्र सौरभ यादवले बताए । सो कार्यक्रम मा बोल्दै हैप्पीलैण्ड सेकेण्ड्र को बिद्यार्थी अमिसा झा ,ज्योति शहाले बाल भिते लेखन प्रतियोगितामा समाज मा भैरहेको बाल श्रम ,बाल बिबाह को विषय यश बाल भिते पत्रिका मार्फत हामी प्रस्तुत गरेको बताउन्न भयो ।

भित्ते पत्रिका लेखन प्रतियोगिताले बाल छात्रा÷छात्रहरुको मष्तिष्क विकासको लागि अति आवश्यकको साथै विभिनन गतिविधिहरु जानकारी पाउन जरुरी रहेको संस्थापक सिटौला, प्रधानाध्यापक विद्यानन्द झा, उपप्रधानाध्यापक नारायण बराल, शिक्षक शैलेन्द्र ठाकुर, विजय मेहता, देवेन्द्र सुवेदी लगायतले शुभकामना दिएका थिए ।