विकासका हरेक पक्षमा सवल र सक्षम ईन्जिनियरहरुको उचित मार्गदर्शन आवश्यक पर्नेः प्रदेश प्रमुख कायस्थ

विकासका हरेक पक्षमा सवल र सक्षम ईन्जिनियरहरुको उचित मार्गदर्शन आवश्यक पर्नेः प्रदेश प्रमुख कायस्थ
ब्रम्हानन्द ठाकुर । माघ १३, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश प्रदेश विकासको लागि ईन्जिनियरहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ईन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ को नव निर्वाचित पदाधिकारीहरुको सम्मान पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।  ईन्जिनियरहरु विकासको मेरुदण्ड भएकोले समाज निर्माणका कुनै पनि कुरा ईन्जिनियर बिना हुनै नसक्ने दावी समेत गर्नुभयो । विकासका हरेक पक्षमा सवल र सक्षम ईन्जिनियरहरुको आवश्यक्ता भएकोले पुर्वाधार निर्माण जस्ता बिषयमा ईन्जिनियरहरुको उचित मार्गदर्शन आवश्यक पर्ने समेत बताउनुभएको छ । अहिलेको विकासका कार्यहरु गुणस्तरहिन हुँदै गईरहेको प्रति प्रमुख कायस्थले चिन्ता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनकपुर उपहानगरपालिकाका मेयर लाल किशोर साहले अहिलेको समय विकास कार्यमा ध्यान केन्द्रित गर्नु रहेकोले एक अर्काको कमी कमजोरी माथि ध्यान नदिई सबै मिली विकास कार्यमा लाग्नुपर्ने बताए । साथै मेयर साह प्रदेश सरकार तथा सँघ सरकारबाट प्रयाप्त सहयोग नपाएको गुनासो समेत गर्नुभयो ।
बिभिन्न निकायका ईन्जिनियर्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रदेश साँसद राम अशिष यादवले समेत आफ्नो मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराईएको थियो भने प्रदेश प्रमुखले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।