५० हजार बराबरको अवैध कपडा नियन्त्रणमा

५० हजार बराबरको अवैध कपडा नियन्त्रणमा

 मिती २०७५।०९।१४ गते अं. १६:०० बजेको समयमा जि.सप्तरी बलान बिहुल गा.पा. ४ बलान स्थित प्र.चौ.बेल्ही बाट प्र.स.नि.को कमाण्डमा गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली टाउकोमा बोकी ल्याउदै गरेको लेडीज रेडीमेट कुर्था सुरुवाल ४३ पिस , टाउजर ७ पिस, सल ५ पिस, चोलोको कपडा ६० पिस गरी अ.मु.रू.५०,०००/-(पचास हजार) बराबरको सामान प्रहरी टोली लाई देखि सामान छाडी मानिस फरार रहेकोमा उक्त कपडाहरू बरामद गरी भन्सार कार्यालय कुनौली सप्तरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।