कादर खानले लिए अन्तिम साँस

कादर खानले लिए अन्तिम साँस
बलिउड फिल्मका चर्चित अभिनेता कादर खान केहि समय देखि बिरामी भएर क्यानडामा उपचार गराई राखेका थिए । ८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पताल गराउँदा गराउंदै ठिक हुन् सट्टा उनी कोमामा पुगेका थिए । काद्र खानले आज अन्तिम सांस लिए ।
कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । यस रोगका कारण कादर खानको दिमागलेसमेत काम गर्न छोडेको बताइएको थियो । सामाजिक सञ्जालमा कादर खानका फ्यान तथा बलिउड कलाकारले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए ।

अभिनेता अभिताभ बच्चनले लेखेका थिए मैले उनलाई स्टेजमा अभिनय गरेको देखेको छु । उनले मेरा फिल्महरुका लागि उत्कृष्ट लेखन गरेका छन् । उनीसँग उत्कृष्ट समय बिताएको छु । धेरैलाई थाहा नहोला उनी गणित पढाउँथे ।’ कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए ।
‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले करिब ३०० वटा फिल्ममा अभिनय गरिसकेका छन् भने हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् । उनि हाँस्य कलाकार का साथ् विलेन र अन्य सबै प्रकारको भूमिका गरेर सबै मा आफ्नो एक्टिंगको लोहा मनाउन सफल भएका थिए । आज उनको मृत्युले बलिउडलाई एउटा ठुलो हानि भएको छ ।