सिंह रा. ज. पा. नेपालको सप्तरी जिल्ला संयोजक

सिंह रा. ज. पा. नेपालको सप्तरी जिल्ला संयोजक

राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आज एक विज्ञप्ती जारी गर्दै जिल्ला अध्यक्ष मण्डल सप्तरीको जिल्ला संयोजक श्री रामप्रित यादवज्यूको अध्यक्षतामा जिल्ला अध्यक्ष मण्डलको बैठक बसी चक्रिय प्रमाली अनुसार दुई महिनाको लागी आजैको मिति देखि लागु हुने गरी जिल्ला संयोजकमा श्री सतिश कुमार सिंह ज्यूलाई चयन गरिएको साथै जिल्ला संयोजक श्री रामप्रित यादव आफ्नो कार्यकाल सफलतापूर्वक सु-सम्पन्न गरेकोमा सधन्यवाद ज्ञापन समेत गरेको जनाएको छ ।