निशान्त अडियो भिडियो एण्ड सपोर्ट सिस्टम प्रा.लि. द्धारा युट्युवको नवरस मिडिया च्यानल मार्फत जनकपुरको विशेषतालाई दर्शाउदै वनाएको म्यूजिक भिडियो इयह छि हमर जनकपुर सार्वजनिक भएको छ ।
मिथिला नाटयकला परिषद जनकपुरको सहकार्य तथा उद्योग पर्यटन, वन तथा वातावरण मंत्रालय प्रदेश नं. २ एवं जनकपुर उप-महानगरपालिकाको सहयोगमा निर्माण भएको छ । उक्त म्युजिक भिडियोमा संगितः सुनिल प्रवेश, गितः रमेश रंजन झा, झिझिया गितः सुनिल मल्लिक, गायक/गायिकाः सुनिल मल्लिक, प्रवेश मल्लिक, नेहा प्रियदर्शी, संगिता देव, सिवानी भगत, निहारिका, संगित सम्पादनः प्रवेश मल्लिक, कोरियोग्राफीः धिरज ठाकुर, निर्देशकः विकास साह तथा सम्पादनमा अरुण साह समेतको सहभागितामा रहेको छ ।
Comments 0