ब्रह्माकुमारी भगवती र राजयोगी ब्रह्माकुमार दीपकराज सम्मानित

ब्रह्माकुमारी भगवती र राजयोगी ब्रह्माकुमार दीपकराज सम्मानित

असोज ११ गते , बिहिबार। राजविराज

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको अन्तर्राष्ट्रिय मुख्यालय भारतको माउन्ट आबू राजस्थानद्वारा लामो समयदेखी आध्यात्मिक तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिए वापत संस्थाकी राजविराज क्षेत्र की मुख्य संचालिका एवं राजयोगिनी ब्रह्माकुमारी भगवती दिदी र संस्था कै सदस्य राजयोगी ब्रह्माकुमार दीपकराज सुवेदी लाई एक भव्य समारोहका बीच अभिन्नदन पत्रका साथ भाद्र २९ देखि आश्विन ०१ गतेसम्म अलग-अलग दिन राजस्थानी पगडी, जयमाला; एन्जिल ताज तथा ड्रेस; ताज र सल; द्वारा सम्मान प्रदान गरेको थियो ।

यसै अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र क्षेत्रीय कार्यालय राजविराजले पनि भव्य समारोहको आयोजना गरी ताज र सलद्वारा दिव्य अभिन्नदन समारोह मनायो । उक्त समारोहमा सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हरि बाबू,समाजसेवी सागर राजवाहक,मधुसुदनलाल देव,पत्रकार बिन्दु यादव,राजनितिज्ञ अमरकान्त झा,ललन मिश्र,प्रोफेसर डाक्टर रामखेलावन यादव, लगायत २०० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम समाजसेवी हरि बाबुजिको स्वागत र ब्रह्माकुमारी बैजयन्तीको संचालनमा सम्पन्न भयो ।