मुख्यमन्त्री तथा कृषि मन्त्रीद्वारा भारइलफ्लु प्रभावित कंचनपुरको स्थलगत निरिक्षण

मुख्यमन्त्री तथा कृषि मन्त्रीद्वारा भारइलफ्लु प्रभावित कंचनपुरको स्थलगत निरिक्षण
मृतकका परिवारलाई दुई-दुई लाखको राहत हस्तान्तरण

सप्तरी, असोज ५ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सप्तरीको कञ्चनपुरमा फैलिएकोभाइरल फ्लुका कारण सप्तरीको कञ्चनपुरमा ४ जनाको मृत्यु हुनुका साथै दर्जनौ प्रभावित भएपछि मुख्यमन्त्री राउत सहितको टोलीले आज कंचनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्थलगत निरिक्षणगर्दै रोगको अवस्था, नियन्त्रणकालागि हुँदैआएको प्रयास, औषधीको मौजुदा अवस्था लगायतका विषयमा जानकारी लिनु भएको हो
निरीक्षण पश्चात मुख्यमन्त्री राउतले भाइरल फ्लुको प्रकोपबाट मृत्यु भएका वडा नम्वर ७ का १३ वर्षीय दिवश बस्नेत, वडा नम्वर ३ का १४ वर्षीय किशोरकुमार राम, ९ का १४ वर्षीय आमोद राम र सोहि ठाउँका ६० वर्षीया भालसैरदेवी सरदारको परिवारलाई जनही २ लाख रुपैयाँको चेक समेत प्रदान गर्नु भएको छ । 

राहत स्तान्तरण कार्यक्रममा मुख्यमन्त्री राउतले औषधी लगायत रोग नियन्त्रणका लागि १५ लाख रुपैयाँ स्वास्थ्य संस्थालाई उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरि सकेको र एक दुई दिन भित्रै सो रकम स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने बताउनु भयो । उहाँले रोगको नियन्त्रणमा भूमिका खेलेका स्वास्थ्यकर्मी लगायत सम्बन्धित पक्षहरुलाई धन्यवाद समेत दिनु भयो ।

नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कञ्चनपुरमा सुविधासम्पन्न १५ शैय्याको अस्पतालका लागि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । अस्पतालका लागि नगरपालिकाबाट निर्णय गरी आवश्यक कागजात तयार पारेर पेश गर्न नगरपालिका प्रमुख मिश्रलाई आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, इपिमिडियोलोजी महामारी रोग नियन्त्रण महाशाखाका प्रमुख डा. प्रकाश साह, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादव लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सोही कार्यक्रममा कञ्चनरुप नगरपालिकाका स्वास्थ्य संयोजक डम्बर प्रसाद गुप्ताले नगरपालिकामा हालसम्म चार जनाको मृत्यु भएको तथा भदौ २४ गतेदेखि असोज ३ गतेसम्म जम्मा ५ हजार ६ सय ८७ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा भाइरल ज्वरो संक्रमित विरामीको संख्या ३ हजार ३ सय ७० जना रहेको जानकारी दिए । उनका अनुसार भाइरल ज्वरोका विरामीको संख्या समेत न्युन हुँदै गएकोले अवस्था सहजतर्फ उन्मुख हुँदै गएको मुख्यमन्त्री राउत समक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रदेश सरकार 
प्रदेश नं.-२
माननीय मुख्यमन्त्री लालवावु राउत तथा माननीय कृषि मन्त्री शैलेन्द्र साहद्वारा भारइलफ्लु प्रभावित कंचनपुरको स्थलगत निरिक्षण