प्रोफेसनल आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको निरन्तरता

प्रोफेसनल आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको निरन्तरता

नेपालमा आइटी ट्रेनिङ तथा सफ्टवेयर डेभलप्मेन्टको क्षेत्रमा विगत १० वर्षदेखि निरन्तर सेवा प्रदान गरिरहेको ब्रोडवे इन्फोसिस नेपाल सुविधानगर, तीनकुने, काठमाडौंले हाल आएर करिब ८८ भन्दा बढी कोर्सहरूमा आइटी ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ । अनुभवी तथा कुशल व्यवस्थापकहरू र दक्ष जनशक्तिद्वारा सञ्चालित यस इन्स्टिच्युटले IT तथा Non IT दुवै क्षेत्रका विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताअनुसारका ट्रेनिङहरू प्रदान गरिरहेको छ ।

हाल नेपालका विश्वविद्यालयको पाठ्यक्रमले समेट्न नसकेका कतिपय कोर्सहरू तथा समेटेर पनि प्रयोगात्मक र व्यावहारिक कक्षा सञ्चालन हुन नसकेका विविध कोर्सहरूमा यस इन्स्टिच्युटले ट्रेनिङका कक्षाहरू सञ्चालन गरिरहेको छ ।  यसका साथै विश्व बजारमा आवश्यकता महसुस गरिएका विभिन्न जनशक्तिको उत्पादनमा यस इन्स्टिच्युटले एउटा Finishing School रुपमा भूमिका निर्वाह गर्दै आइरहेको छ । 

गुणस्तरीय शिक्षा प्रदानमा यस इन्स्टिच्युटले विद्यार्थीलाई उनिहरूको रुचि र आवश्यकताअनुरुपका उपयुक्त कोर्स छनौटको लागि आवश्यक पर्ने करियर काउन्सिलिङको राम्रो व्यवस्था पनि गरिआएको छ । विश्व आइटी बजारमा भइरहेको नवीनतम परिवर्तनमा नेपाललई पनि परिचित गराउने अठोटका साथ अघि बढिरहेको यस इन्स्टिच्युटले विगत केही वर्षदेखि अमेरिकामा पनि आफ्नो कार्यहरू सञ्चालन गरिरहेको छ । यसबाट विकसित देशहरूमा आइटी.मा हुने द्रुतत्तर परिवर्तनलाई यथासक्य छिटो नेपालमा भित्राउनमा ठूलो मद्दत पुगेको छ ।


नेपलाको परिपेक्षमा हेर्दा एकतर्फ ठूलो मात्रामा दक्ष जनशक्तिको अभाव छ भने अर्को तर्फ उत्तिकै मात्रामा वेरेजगारीको समस्या पनि छ । यो हुनुको कारण भनेको हाम्रो शैक्षिक गुणस्तरमा भएको कमी र समयसापेक्षी शिक्षा नहुनु हो । यसले देशको जनशक्तिलाई विदेश पलायन गराइरहेको छ । यो विषम परिस्थिति हो । यसलाई न्यूनीकरण गर्नको लागि यस इन्स्टिच्युटले गुणस्तरीय, व्यावहारिक तथा प्रयोगात्मक ट्रेनिङ्ग प्रदान गरी दक्षता हासिल गरेका विद्यार्थीहरूलाई Internship र  Job Placement को पनि राम्रो व्यवस्था गरिरहेको छ ।

यस इन्स्टिच्युटले अहिले अन्तर्राष्ट्रिय मान्यताप्राप्त कोर्सहरूलाई विशेष जोडका साथ अगाडि सारी अन्तर्राष्ट्रिय मापदण्डका परीक्षा सञ्चालन पनि गरिरहेको छ र स्वयम् उपस्थित हुन नसक्ने व्यक्तिहरूको लागि भने Online Training को व्यवस्था गरेको छ । 


ब्रोडवे इन्फोसिस नेपाल आज एउटा विश्वासिलो ट्रेनिङ्ग कम्पनी (Trusted Training Company) कोे रुपमा स्थापना हुनुमा यहाँ आबद्ध सम्पूर्ण प्रशिक्षकहरु, व्यवस्थापकहरू, विद्यार्थीहरू तथा नजिकबाट निहाली सल्लाह र सुझाव दिने सल्लाहकारहरूको उत्तिकै भूमिका रहेको छ । आगामी दिनमा अझ बढी खोज तथा अनुसन्धानमा लागि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने यस कम्पनिको लक्ष्य रहेको छ ।

श्रोतःलिभिङ्ग विथ आईसिटी