हेल्प मधेशी परिवार साउदी अरब द्वारा शितलहर पिडितलाई न्यानो लुगा वितरण

हेल्प मधेशी परिवार साउदी अरब द्वारा शितलहर पिडितलाई न्यानो लुगा वितरण

दिनेश रसिया,लहान ।

२८ जनवरी २०१८

हेल्प मधेशी परिवार साउदी अरब द्रारा शितलहर पिडितलाई न्यानो लुगा वितरण

हेल्प मधेशी सउदीद्रारा महदेवा, सप्तरीका शितलहर पिडितलाई न्यानो लुगा वितरण गरिएको छ । विगत महिनौ देखी सितलहर र जाडोसंग जुझिरहेका महदेवा गाउपालिका बलिया, परसाही सप्तरीका पिडितलाई न्यानो लुगा प्रदान गरिएको हो । स्थानीय मो. सदिक शेखको अगुवाइमा २२ घर परिवारलाई उक्त सहयोग प्रदान गरिएको हो । ब्लान्केट, तन्ना र झुल रहेको राहत प्याकेज हेल्प मधेशी साउदीका प्रमुख सिव यादब को उपस्थिति साथै विनोद यादब, मो. समिम ले वितरण गरेका हुन । उक्त कार्यक्रममा सभापती स्थानीय नेता स्माजसेवी धनेश्वर प्रसाद यादब रहेका थिए । मनत्व्य दिदै यादबले विदेकमा कार्यरत मधेशीलाई धन्यवाद दिदै अगामी इतिहास मधेशी युवाको हुने कुरा सहेत बताए । त्यसतै मो. फिदा, मो. सदिक शेख, मो. अखतर, मो. सदाम लगायत सयौ स्थानीयको उपस्थितिमा वितरण गरिएको थियो । कार्यक्रम संचालन दिनेश रसियाले गरेका थिए ।