प्रथम सूर्योदय नगर कप फुटबलको तयारी अन्तिम चरणमा

प्रथम सूर्योदय नगर कप फुटबलको तयारी अन्तिम चरणमा

अर्जुन गर्तौला । इलाम

सूर्योदयः सूर्योदय नगर खेलकुद विकास समिति र होटल व्यवसाही सङ्गको संयुक्त आयोजनामा सूर्योदय नगरपालीका १२ मा रहेको करफोक खेल मैदानमा प्रथम सूर्योदय नगर कप प्रतीयोगिता २०७४ हुन लागीरहेको छ ।

खेलको आयोजनाको निम्ति विभिन्न प्रविधिक तयारी भैरहेको र उक्त तयारी अन्तिम चरणमा पूगेको सूर्योदय नगर खेलकुद विकास समितिका सदस्य युवराज प्रधानले बताएका छन । शुरुवातमा २०७४ माघ १५ बाट शुरु गरीने भनिएको भएतापनि उक्त खेल विभिन्न प्राविधिक कारणले माघ १६ बाट मात्र सञ्चालन हुने भएको छ ।

एक टिममा ११ सदस्य अन्य गरी १८ खेलडी समावेस गराईने र खेल फिफा एन्फाको नियम अन्तरगत खेलाईने छ । खेलको अन्तिम छनौटमा विजेता टिमले क्रमश नगत रु १ लाख ट्रफि मेडल र प्रमाण पत्र पाउने छ भने र उप विजेता हुने टिमले नगत रु ५० हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छ । विषेश त प्रथम सूर्योदय नगर कप प्रतीयोगिता २०७४ बाट नगर स्तरीय फुटबल टिम छनौट गरीनेछ ।