बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर

बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर

माघ १६ । स्वीस विकास सरकार तथा सामि हेल्भेटास नेपालको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र, नेपालको अायोजनामा सम्पन्न कार्यक्रममा तिलाठी कोईलाडी बार्ड नं. ४ को बाढी प्रभाबित विपन्न वस्तीका ११३ परिवारलाई २० हजारको भौचर वितरण गर्‍यो ।

कार्यक्रमको अध्क्षता सतिश कुमार सिंह , प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, APF एसपि रमाधार यादव, राजपा नेपालको केन्द्रीय बरिष्ठ उपाध्यक्ष शेखर प्रसाद सिंह, सामी हेल्भेटास नेपालको प्रतिनिधि विजय ठाकुर, जिल्ला परियोजना संयोजक देव नारायण चौधरी, वडा अध्यक्षहरू, अायोजक संस्थाको प्रतिनिधि लगायत वाढि प्रभावित विपन्न ११३ परिवार लगायत, सप्तरी युथ को प्रतिनिधि को सहभागीता रहेको थियो ।