एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित

एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाण्डो, ३१ आश्विन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ ।
काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी भएका हुन । भट्टले ११ सय ९७ मत प्राप्त ल्याउनु भएको छ भने गुरुङले ५ सय ८४ मत प्राप्त गरिन । निर्वाचनमा कूल १७८८ मतदाताले मतदान गरेका थिए । एनआरएनएका दुई उपाध्यक्षमा कुमारप्रसाद पन्त र कुल आचार्य विजयी हुनु भएको छ । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी र महासचिवमा डा.बद्रि केसी विजयी हुनुभएको छ । सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए ।
एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।